

गरुडा । रौतहटको मध्ये भागमा रहेको गरुडा नगरपालिका एमालेमय बनेको छ । नेकपा एमालेको तर्फबाट नगर प्रमुख कन्थमणि जयसवाल उठेपछि अहिले गरुडा एमालेमय बनेको हो । समाजसेवामा अग्रज जयसवालले अहिले गरुडा नगरपालिका एमालेमय बनेको बताउनु भएको छ ।
जनतालाइ जब बिपत पर्छ अनि सम्झनै पर्ने ब्यक्ती कन्थमणी जयसवाल नेकपा एमालेबाट नगर प्रमुखको उमेदवार बनेपछि गरुडाबासी उत्साहित भएका छन ।
नगर प्रमुख उमेदवार अहिले जनताको घर घरमा पुग्न थालेका छन ।
जहिले पनि जनताकै घर पुगिरहने समाजसेवी जयसवालले बेरोजगार युवाहरुलाइ स्वरोजगार बनाउने मुख्य लक्ष्य राखेको बताउनु भयो । गरुडामा रहेको चिनीमिललाइ माथिल्लो निकाय संग समन्वय गरेर संचालन गरी गरुडाका बेरोजगार युवाहरुलाइ रोजगार दिने आफनो उदेश्य रहेको उहाको भनाइ रहेको छ । जनता जनार्दन भएको बताउदै नगर प्रमुख उमेदवार जयसवालले आफु निर्वाचित भएपछि गरुडा नगर क्षेत्रलाइ फ्रि वाइफाइको क्षेत्र बनाउने समेत उदघोष गर्नुभएको छ ।
२०७१ सालमा बिभिन्न ५ वटा साबिक गाबिसहरु जोडेर गरुडा नगरपालिका बनाउनको लागी मुख्य भुमिका निर्वाह गर्नुभएका नगर प्रमुख उमेदवार जयसवालले यस पटकको निर्वाचनमा सुर्य ध्वजबाहक जनप्रतिनिधिहरुले निर्वाचन निर्धक्कका साथ जित्ने आत्म बिस्वास रहेको बताउनु भयो ।
आफनै पसिनाले नगरपालिका बनाउन सफल भएको उहाको दाबी छ । जुन बेला उहा रौतहट उद्योग बाणिज्य संघको अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी सोही नगरपालिकाको उप प्रमुखमा ज्ञानकला देबी साहले उप प्रमुखमा उमेदवारी दिनुभएको छ ।
गरुडा नगरपालिकाको टोल टोलमा एमालेमय बनेको नेकपा एमालेका नेता लालबाबु साहले बताउनु भएको छ ।
गरुडा नगरपालिकामा ९ वटा वाडमा करिब २७ हजार मतदाता रहेका छन ।
सो नगरपालिकामा नेपाली कांग्रेसबाट सुनिल यादब,नेकपा एकिकृत समाजबादी पार्टीबाट बृज कुमार यादब,जसपाबाट अनिल यादब लगायतले नगर प्रमुखमा उमेदवारी दिएका छन । यी मध्ये नेकपा एमालेका उमेदवार जयसवाल लोक प्रिय नेता भएको स्थानियले बताएका छन ।