

वीरगंज । पोखरीया नगरपालिकामा आज नेकपा एमालेको बैठक सम्पन्न भएको छ । संबिधान सभाका सदस्य एवं केन्द्रिय सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बैठकले बैशाख ३० गते हुने निर्वाचनको मतपरिणाम एमालेको पक्षमा पार्न सक्रियताका साथ कार्यक्रमहरु गर्ने, घरदैलो , पार्टी प्रवेश, रात्री सभा गर्ने निर्ण गरेको छ । बैठकमा मेयर पदका उम्मेदवार प्रद्युम्न चौहान,उपमेयर पदका उम्मेदवार रुवी ठाकुर, वडा अध्यक्ष पदका उम्मेदवार,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा लगायत स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता थियो । यसैगरी केन्द्रिय सदस्य राजकुमार गुप्ताले आज क्षेत्र नम्बर ३ अन्र्तगतका बिभिन्न पालिकामा सम्पन्न घरदैलोमा सहभागि भएका छन । पर्साका सहईन्र्चाज समेत रहेका गुप्ताले बहुदरमाई नगरपालिका, पटेर्वासुगौली गाँउपालिका र पोखरीया नगरपालिकाले आयोजना गरेको घरदैलोमा सहभागि भएका छन । गुप्ताले कार्यकर्ताहरुलाई ईमन्दारिका साथ चुनावी अभिायनमा लाग्न निर्देशन समेत दिनुभयो । सो अवसरमा एमालेका नेता कार्यकर्ताहरुको सहभागिता थियो । यसैबिच एमालले आजै बेलुका बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रापुरमा रात्री सभा सम्पन्न गरेको छ । केन्द्रिय सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको रात्री सभामा मेयर पदका उम्मेदवार शिव पटेल सहित पत्रकार केसी लामिछाने, श्याम बन्जारा लगायत स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता थियो ।