पकाहामैनपुर । कोरोना कालमा समाज सेवा गरेर प्रसिद्धि कमाएका सुर्जहाका युवा राजेश सहनी गाऊँपालिका अध्यक्षमा उम्मेदवारी दिएपछि अहिले अन्य पार्टीका नेताहरु आतिएका छन । बिगत केही बर्ष देखि गाऊँपालिकामा जनताको सेवामा समर्पित हुदै आएका सहनी आउने बैशाख ३० गते को चुनावको लागि एमालेको तर्फ बाट गाऊँपालिकाको अध्यक्ष पदमा उमेदवारी दिएका छन्। चुनाव नजिकिदै जादा पकाहामैनपुर गाऊँपालिका वडा नम्बर २ सुर्जहाका समाजसेवी तथा युवा नेता राजेश सहनी लोकप्रिय बन्दै गएका छन । सहनीले भ्रष्टाचार तथा बिकास बिरोधी नेतालाइ चुनौती दिदै उमेदवारी दिएको बताए ।सहनीले कोरोना काल बाहालमा गाऊँपालिकाका गरीब घरपरिवारलाई चामल , दाल , तेल बितरण गर्नुको साथै घरमा सेनेटाईजर दिने, निशुल्क खाद्यन्न बितरण जस्ता काम गरेका थिए ।उनले कोरोनाकालको अवधिभरि गाऊँपालिकामा सक्रियताका साथ काम गरेका थिए । अहिले पकाहामैनपुर गाऊँपालिकाका स्थानियले परिर्वतन गर्न खोजेका बुझिएको छ ।