वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनी , सुर्जहा र मानिकपुरमा नेकपा एमालेको घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले चुनावी गतिविधिलाई तिव्रता दिएको हो । घरदैलोको क्रममा स्थानीयसँग एमालेका उम्मेदवारलाई जिताउन नेता कार्यकर्ताहरुले आग्रह गरेका छन् ।
नेकपा एमालेको तर्फबाट गाऊँपालिका अध्यक्ष पदका उम्मेदवार राजेश सहनी , उपाध्यक्ष पदका उम्मेदवार कुमारी निर्मला चौरसिया , वडा न २ का वडा अध्यक्ष पदका उम्मेदवार ब्रिजमोहन चौहान , मधेश प्रदेश कमिटीका सदस्य तेजप्रकाश निषाद , जिल्ला सदस्य बिकाश पाण्डेय , वडा कमिटी अध्यक्ष हृदयनारायण कुशवाहा लगायतको उपस्थितीमा घरदैलो गरिएको हो ।
नेकपा एमालेप्रति बढ्दै गएको जनलहरका कारण एमालेका उम्मेदवारको नै बिजयी सुनिश्चित भएको स्थानीयको प्रतिक्रिया थियो ।