वीरगञ्ज । नेकपा एमालेका युवा नेता एवम् पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्षका उम्मेदवार यशवन्त यादव र उपाध्यक्षका उम्मेदवार फूलमति देवीले घर दैलो कार्यक्रमलाई निरन्तरता दिएका छन ।आज सखुवाप्रसौनि गाऊँपालिकाको वडा ३ काट्यामा घरदैलो कार्यक्रम सम्पन भएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले जनतासँगको भेटघाटलाई तिव्रता दिएको हो ।गाउँपालिका अध्यक्षका उम्मेदवार यशवन्त यादवले गाउँपालिकाको कायापलट गर्नका लागि उम्मेदवारी दिएको बताए ।
सखुवाप्रसौनी गाउँपालिकाको टोल टोलमा पुगेर घर दैलो कार्यक्रमलाई निरन्तरता दिएका हुन । घरदैलोको क्रममा गाउँबासीको घरघरमा गएर यादवले आफ्ना बिचार, एजेण्डा र लक्ष्यहरु सुनाएका छन् ।
गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने र गाउँबासीलाई सहज र सरल ढंगले सेवा सुविधा उपलब्ध गराउने यादवको योजना छ । स्थानीय तहको निर्वाचनमा युवालाई अवसर दिन यादवले आग्रह गरेका छन् ।गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि गाउँका सामान्य र न्युन वर्गलाई प्राथमिकता दिएर काम गर्ने उनको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य राजकुमार गुप्ता , जिल्ला कमिटी सहसचिव संजीव मिश्रा , राष्ट्रीय युवा संघ नेपाल पर्साका जिल्ला अध्यक्ष मोहमद निजाम , जिल्ला कमिटी सदस्य सुनील कुशवाहा , वडा न ३ का वडा अध्यक्षका उम्मेदवार अनिरुध पटेल , मुस्लिम इतिहात संगठनका केन्द्रीय सदस्य इमाम मियाँ लगायत नेकपा एमालेका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।