पटेर्वा । पटेर्वासुगौलीमा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र बनाएको छ । पटेर्वासुगौली गाऊँपालिकाको वडा नं १ मा एमालेका उम्मेदवारहरुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
जनतामा उत्साह छ चैधरीले भने पटेर्वा सुगौलीको बिकासको सपना एमालेले मात्र पुरा गर्न सक्ने बिश्वास जनतामा देखिएको छ । घर दैलोमा गाउँपालिका अध्यक्षका उम्मेदवार हरी चौधरी , उपाध्यक्षका उम्मेदवार मन्तुरा देवी वडाध्यक्षका उम्मेदवार फरमान अंसारी सहितका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
नेकपा एमालेले वडा नं १ को बिकासमा पर्याप्त ध्यान दिने हरि नारायण चौधरीले बताए ।
पटेर्वा सुगौलीको बिकासको आधार निर्माण भएको बताउदै चौधरीले बिकासको ट्रयाक तयार भएको र अव त्यसमा दौडिनकालागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनु भयो ।बिगत साढे ४ वर्षमा बिकासको आधार निर्माण गरेको कुराको साक्षी आम जनता छन । कसैलाई काखा पाखा नगरी बिकास अभियानमा संचालन गरेको र सामाजिक न्यायको क्षेत्रमा आफनो अर्कोको ब्यवहार नगरेकोले चौधरी जनताको पहिलो रुची रहेका छन ।
उनले गाउँ पालिका स्थानीय सरकार भएकोले उसको साम्मथ्र्यले भ्याउनेगरि जनताको अपेक्षा पुरा आफूले प्रयास गरेको बताउनु भयो । बोर्डमा कांग्रेसको बहुमत भएकोले काम गर्दा अप्ठयारो भएको अनुभूती गरेका चौधरीले यसपटक जनतासंग बहुमत दिन अपिल गरेका छन ।कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य राजकुमार गुप्ता , जिल्ला कमिटी सहसचिव संजीव मिश्रा , राष्ट्रीय युवा संघ नेपाल पर्साका जिल्ला अध्यक्ष मोहमद निजाम , जिल्ला कमिटी सदस्य सुनील कुशवाहा लगायतको उपस्तिथि रहेको थियो ।