वीरगञ्ज । गठबन्धनका उम्मेदवारलाई जिताउन नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ मा घरदैलो गरेको छ ।
गठबन्धनबाट वीरगञ्ज महानगरको मेयरका साझा उम्मेदवार राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसबाट इम्तियाज आलमलाई जिताउनका लागि नेपाली कांग्रेसका नेता, महिला नेतृ एवम् कार्यकर्ताहरु घरदैलोमा उत्रिएका हुन् ।
जनताको घरघरमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्न नेता कार्यकर्ताहरु सक्रिय भएका हुन् । घरदैलोमा नेपाली कांग्रेसका नेता एवम् संविधान सभा सदस्य राजेन्द्र अमात्य, नेता श्याम पटेल, महिला नेतृ सुष्मा तिवारी द्विवेदी लगायतको उपस्थिती रहेको छ ।
नेपाली कांग्रेसभित्र कुनै अन्तरविवाद नरहेको र कांग्रेसले गठबन्धनलाई पुर्ण रुपमा समर्थन गरेको नेताहरुको भनाई छ ।