वीरगन्ज ६ पुष : प्रमुख प्रतिपक्षी दलले सर्वदलीय बैठक बोलाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनु भएको छ । बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरु असन्तुष्ट छन । नेपाली काँग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच सरकारविरुद्ध प्रतिवादमा उत्रने सहमति भएको छ ।
हिजो साँझ काँग्रेस संसदीयदलको कार्यालयमा बसेको तीन पार्टीको संयुक्त बैठकले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको ठहर गरेको थियो ।