वीरगंज – जनता समाजवादी पार्टी पटेर्वा सुगौली गाउँपालिका कमिटीले निचुटामामा चुनावी घरदैलो कार्यक्रम गरेको छ ।
स्थानीय चुनाव हुन आजदेखि ९ दिन बाकि रहेको हुदा स्थानीय जनप्रतिनिधिको लागी उमेद्वारी दिएको उमेद्वारहरु घरदैलो कार्यलाई तिब्रता दिएका छन ।
जसपाबाट रहुनुभएको पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष पदका , उपाध्यक्ष पदका उमेद्वार , निचुटाका वडा अध्यक्षका उमेद्वार तथा वडा सदस्यले स्थानीय जनताको घर आँगनमा पुगेर जसपालाई जिताउन आग्रह गरेका हुन् ।
सो अवसरमा पर्सा क्षेत्र नम्बर तिनका प्रतिनिधि सभासदस्य हरिनारायण रौनियार , र जसपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।