

वीरगंज । नेकपा एमाले वीरगञ्ज वडा नम्बर १० का अध्यक्ष पदका उम्मेदवार अजय कुमार गुप्ताको पक्षमा बिशाल जन लहर ओर्लिएको छ । गुप्ताले वडा नम्बर १० अन्तरगतका सवै टोलमा घरदैलो सम्पन्न गरेका छ्न । गुप्ताले वडाको बिकाश योजना र रणनितिबारे मतदातालाई जानकारी गराएका थिए । उनले वडाको बिकाश गर्न एमालेको नेतृत्व आवश्यक पर्ने भएकोले सुर्यमा मतदान गर्न आग्रह गरेका थिए । सो अवसरमा मतदाताहरुले यसपटक वडामा परिर्वतन गर्न सुर्यमा भोट दिने प्रतिवद्धता व्यक्त गरेका थिए । घरदैलो कार्यक्रममा स्थानियहरुले अजय गुप्ता निरन्तर समाज सेवा गर्दै आएको र अरु उम्मेदवारहरु भोटको समयमा देखा पर्ने र भोटमा जिती सक्दा अनुहार नै नदेखाउने तर अजय गुप्ता पदमा नरहे पनि जस्तो परिस्थतीमा पनि आफुहरुलाई सहयोग गर्दै आएको स्थानियहरूले बताएका छन ।
त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेले बृहत घरदैलो गरेको छ । नेकपा एमालेबाट वडा नम्बर ९ की वडाअध्यक्षकी उम्मेदवार मिनाक्षी गुप्तालाई जिताउनका लागि नेकपा एमाले र लोसपाको गठबन्धनबाट मेयरका उम्मेदवार बिजय कुमार सरावगीले पनि वडाबासीसँग अपिल गरेका छन् । शिक्षित एवम् योग्य महिलालाई वडाअध्यक्षको उम्मेदवार बनाएको हुँदा वडाबासीले सहयोग गरेर वडाअध्यक्षमा निर्वाचित गराउन निवर्तमान मेयरसमेत रहेका सरावगीले आग्रह गरेका हुन् । महिला वडाअध्यक्ष भएपछि वडाका महिलाहरुले आफ्ना समस्याहरु पनि खुलस्त ढंगले राख्न सक्ने भएकाले वडामा महिलालाई अध्यक्षमा निर्वाचित गर्नुपर्ने सरावगीको भनाई छ ।
वडाअध्यक्षकी उम्मेदवार गुप्ताले पनि आफु वडामा निर्वाचित भए महिलाहरुका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताइन् । आफुले नेतृत्व गरेको विद्यालयको उदाहरण दिँदै गुप्ताले अब वडाको पनि नेतृत्व गर्ने अवसर दिन वडाबासीसँग अपिल गरेकी छिन् । घरदैलामा नेकपा एमालेका नेता, कार्यकर्ता, महिला, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । सो अवसरमा वडा सदस्यका उम्मेदवार सहित हजारौ कार्यकर्ताहरुको सहभागिता थियो ।