वीरगंज । पर्साको पोखरिया नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्र बिच गठबन्धन भएको छ । दुबै पार्टीका स्थानिय नेता बिच बिहिबार पोखरियामा भएको छलफलमा बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन गर्ने लिखित सहमती भएको हो।
सहमति अनुसार जसपाका मेयर र उप मेयरका उम्मेदवारलाई माओवादी केन्द्रले सघाउने छन् भने वडाको हकमा जसपा बलियो भएको वडामा माओवादी केन्द्र र माओवादी केन्द्र बलिको भएको वडामा जसपाले सघाउने छन् ।
सहमती पत्रमा माओवादी केन्द्रको तर्फबाट प्रदेश कमिटी सदस्य रामबाबु बैठा, नगर अध्यक्ष पानालाल पटेल र जसपाको तर्फबाट नगर इन्चार्ज सल्मा खातुन, मेयरका उम्मेदवार राजु साहले हस्ताक्षर गरेका छन् ।
केन्द्रिय निर्देशन र स्थानिय आवश्यकतालाई मध्यनजर गर्दै साटघाट गरिएको जसपाका मेयरका उम्मेदवार राजु साहले वताए । सहमती अनुसार नै वडास्तरका उम्मेदवार र नेता, कार्यकर्ताहरुसंग समन्वय गरी आजैको मितिदेखी संयुक्त रुपमा चुनाव प्रचार प्रसारमा लाग्ने उनले वताए ।