

बाराको परवानीपुर गाउँपालिका वडा नं १ बुनियादमा विभिन्न पार्टी परित्याग गरी सयौको संख्यामा युवाहरु जन्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन । नव प्रबेसीहरुलाई पार्टीका जिल्ला अध्यक्ष अजय पटेलले फूलमाला र गम्छा ओढाई स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रमममा जसपा पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवा सञ्जु साह, पार्टीका प्रदेश सदस्य प्राध्यापक आनन्द यादव, बार एसोसिएसनका पूर्व केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह, पूर्व मेयर हरिनारायण साह, स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेल, उपाध्यक्ष उमेश साह, सरोज यादव, मन्दिप यादव लगायत पार्टीका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। यसका साथै जन्ता समाजवादी पार्टीको चुनावी सभा पनि सम्पन्न भएको छ । सभामा बोल्दै पार्टीका जिल्ला अध्यक्ष अजय पटेलले यस पालिको निर्वाचनमा युवा, महिला, बुद्धिजीवी लगायतको ठूलो साथ रहेकोले आफूहरुको जीत सुनिश्चित रहेको बताए । साथै वहाले यस पार्टीको तर्फबाट युवा, अनुभवी , पढेलेखेको व्यक्तिलाई मेयरको उमेदवार बनाएकोले पार्टीले राम्रो रिजल्ट ल्याउनेमा आफूहरु विश्वस्त रहेको बताए । यसैगरी मेयर पदका उम्मेदवार सञ्जु साहले आफू राजनीतिमा १५ वर्ष देखि लागेको र पालिका सदस्यको रुपमा काम गरिसकेकोले यस पालिकाको बिकाश कसरी गर्ने भन्ने आफू मास्टर प्लान बनाइसकेको र यहाको जनताले साथ दिए आफ्नो चुनावी प्रतिबद्धता पूरा गरेर देखाउने बताए। उनले खास गरी शिक्षा, स्वास्थ, रोजगारी, सडक नालाको उचित बावस्थपान, खेलकुदमा खेलाडीहरुको लागि विशेष योजना का लगायतको मुख्य एजेण्डामा काम गर्ने बताए। कार्यक्रममा बोल्दै बार एसोसिएसनका पूर्व उपाध्यक्ष रामचन्द्र सिंहले सञ्जु साहको टिमले ठोस योजनाका साथ अगाडी बढेकोले यो टिमलाई भारी बहुमतले जिताउन आग्रह गरे। उनले युवाले नै देशको बिकाश गर्ने हुनाले राजनीतिमा युवालाई अगाडि बढाउँदै नेतृत्वमा पुर्याउन आग्रह गरे। कार्यक्रममा नवप्रवेशी युवाहरुले जन्ता समाजवादी पार्टी एकमात्र सच्चा, इमान्दार भएकोले यसमा प्रवेश गरेको र निर्वाचनमा जिताएर देखाउने प्रतिबद्धता जनाएका थिए ।