वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौं को चुनाबी कोण सभा सम्पन्न भएको छ। वीरगंज महानगरपालिका वार्ड नं १७ अलौं को साबिक वार्ड नं २ बुढियामाइ मन्दिर को चौरमा आयोजना गरिएको कोण सभा को सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले १७ नं वडा राष्ट्रिय प्रजातन्त्र पार्टी ले जिते कक्षा १२ सम निशुल्क शिक्षा को ब्यवस्था गर्ने, सुत्केरी महिला लाई एक मुष्ठ ३०००/- भता दिने, वडा बाट गरिने विभिन्न किसिमको सिफारिस को दस्तुर निशुल्क गर्ने,वडा मा CC क्यामरा जडान गर्ने, वडा को बिभिन्न गलिगलि मा पक्कि सडक र नाला निर्माण गर्ने,शुद खानेपानी को ब्यवस्था गर्ने, वडा बासिको काम मा २४ घण्टा निरन्तर सेवा दिने गरी ३६५ दिन बिहान ८ बजे देखी साझ ६ बजे सम्म सेवा प्रवाह गर्ने साथै ५ बर्ष भित्र मा महानगर कै नमुना वडा को रुपमा स्थापना गर्ने बताएका थिए।


साथै सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट वीरगंज महानगरपालिका वडा नं १७ अलौं को वडा अध्यक्ष पद का उमेदवार छठु साह कानु ले बैसाख ३० गते हुने स्थानीय तह निर्वाचन मा मतदान गर्ने जाने बेलामा स्वच्छ इमान्दार ब्यक्ति रोजी आफ्नो मत दिन को लागि आग्रह गरेका थिए। साथै आफु जिते वडा अध्यक्ष ले पाउने सेवासुविधा समेत नलिने भनि आफनो अभिव्यक्ति राखेका थिए।
उत्क राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौं को वडा अध्यक्ष मा छठि साह कानु, सदस्य मा उमेश कुमार राम, सदस्य मा रामबिर सहनी, सदस्य मा गुलसन खातुन, दलित महिला सदस्य मा रामसखिया देबी ले चुनाबी प्रतिस्पर्धा उत्रेका छन्।