वीरगन्ज ९ पुष : वीरगंजमा जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधी सभा विघटनको विरुद्धमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद विघटन गर्नु लोकतन्त्रको लागि खतरा भएको र असबैधानिक रहेको बक्ताहरुले आरोप लगाएका थिए । सो पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव र जगदीश पटेलको सँयुक्त आयोजनामा घन्टाघरबाट सुरु भएको ¥याली शुरु भई नगर परिक्रम गदै पुर्न घन्टाघरमा आई कोणसभामा परिणत भएको थियो । यसैबिच,रौतहटमा पनि जसपाले संविधानसभा विघटनको विरोधमा प्रदर्शन गरेको छ । विपी चोकबाट निकालिएको विरोध ¥यालीले नगर परिक्रमा पछि कोणसभा गरिएको थियो । हिजो प्रदेश नं. २ का सवै जिल्लाहरुमा प्रदर्शन गरेको जसपाले जनाएको छ ।