वीरगन्ज १३ पुष : राप्रपाका अध्यक्ष कमल थापाले संविधान विघटनको सवाल सर्वोच्चमा विचाराधीन भएकोले संवैधानिक, असंवैधानिक भन्नेबारेमा आपूmले टिका टिप्पणी नगर्ने बताएका छन् । वीरगंजमा हिजो आयोजित सभामा बोल्दै उनले सर्वोच्च अदालतको निर्णय मान्य हुने बताए । अध्यक्ष थापाले ताजा जनादेशको लागि जनताले राप्रपालाई पत्याएको खण्डमा हिन्दू राष्ट्र घोषणा गर्ने, राजतन्त्र सहितको लोकतन्त्र स्थापना गर्ने र देशलाई समृद्धितर्पm अग्रसर बनाउने बताए । हिन्दू राष्ट्रमा सबै धर्मको सम्मान हुदै आएको तर विदेशी चलखेलमा धर्मनिरपेक्ष घोषणा गरिएको उनले आरोप लगाए । वर्तमान सरकार ताजा जनादेशको लागि गरेको पहल आप्mनो लागि अवसर भएको बताए । सभामा राप्रपाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री राजीव पराजुलीले जनताको अभिमतको रक्षा नभएको बताए । सुमेश्वर उपाध्यायले सञ्चालन गरेको सभामा केन्द्रीय सदस्य नगिना यादव, सुधीर त्रिपाठी, कुमारबन्धु रूपाखेतीले मन्तव्य व्यक्त गरेका थिए ।