

वीरगन्ज १५ पुष : नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा आज वीरगंजको टाउन हलमा प्रदेश नम्बर २ स्तरिय अगुवा कार्यकर्ता भेला हुने भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा हिजो पत्रकार सम्मेलन गरी नेकपाले भेला बारे जानकारी गराएको हो । नेकपा पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा प्रदेश २ का ईन्र्चाज तथा हाल ओलि समुहका नेता सत्यनारायण मण्डलले पार्टी बिभाजन र वर्तमान परिस्थितीबारे नेपाली जनतालाई जानकारी गराउन भेला गर्न लागिएको जानकारी दिनुभयो । आन्तरिक कलह नै पार्टी बिभाजनको मुख्य कारण भएको दावी स्पष्ट नेता मण्डलले सदन बिघटन रहर नभई बाध्यता भएको बताउनु भयो । गणतन्त्र बिरोधी र संघियता नचाहनेहरुको षड्यन्त्र असफल बनाउन प्रधानमन्त्री ओलीले सदन बिघटन गरेको उहाँले दावी गर्नुभयो । प्रधानमन्त्री ओलीको लोकप्रियता देखेर प्रचण्ड नेपाल समुह आतिएर उहाँलाई घेराबन्दी गरी काम गर्न नदिएको मण्डलले आरोप लगाउनुभयो । उहाँले ताजा जनादेशको लागि निर्वाचनको तयारीमा जुटन सवैलाई आग्रह समेत गर्नुभयो । नेकपा महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यमा आज बिहान ११ बजे हुने भेलामा शहरी बिकाश मन्त्री प्रभु साह, महिला तथा समाज कल्याण मन्त्री जुली महतो, स्थायि कमिटी सदस्य रघुबिर महासेठ, कानुन मन्त्री लिला श्रेष्ठलगायत मन्त्री नेताहरुको सहभागिता रहने संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राज कुमार गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा केन्द्रिय सदस्यहरू निर्मला देवकोटा, बसरुदिन अंसारी , डा. बिश्वमभर शर्मा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, ईमरान अंसारी, प्रेस संगठनका प्रदेश २ का ईन्र्चाज लालबाबु शेख, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बिकाश रौनियार, पर्सा अध्यक्ष महम्द निजाम, ओविसी पर्सा अध्यक्ष अकलेश साह लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पार्टी जिल्ला कमिटी सदस्य संजिव मिश्राले गर्नुभएको थियो ।