वीरगन्ज १६ पुष : रौतहटको गरुडामा आयोजित नेपाल कम्युनिस्ट पार्टी नेकपा रौतहट जिल्ला स्तरीय अगुवा कार्यकार्ता भेला समपन्न भएको छ । माधवकुमार नेपाललाई उहाकै गृहजिल्ला रौतहटमा ठुलो झट्का लागेको छ । शहरी बिकाश मन्त्रीे प्रभु साह प्रभु शाहले उहाकै गृह जिल्लामा रौतहटको गरुडामा आयोजित नेपाल कम्युनिस्ट पार्टी नेकपा रौतहट जिल्ला स्तरीय अगुवा कार्यकार्ता भेलामा ठुलो संख्यामा आमसभा गरेर नेकपा ओली पक्षको शक्ति देखिएको हो । जसका कारण रौतहटमा नेपालकै पक्षका कार्यकर्ता पनि ओलीतिर लागेको देखिएको छ । गरुडामा आयोजित कार्यक्रममा प्रभु साह, सत्यनारायण मण्डल र सुमन प्याकुरेल लगायतका नेकपाका नेताहरूले विशेष सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा पहिलो संविधान सभामा निर्वाचित हुनु भएका बबन शाह पनि नेकपा प्रवेश गर्नुभएको छ ।