वीरगंज,पुस,१७ राकेश साह
नेकपा पर्साले आज सुखवा प्रसौनी गाँउपालिका वडा नम्बर ६ एकडरावा लखनपुरमा ईकाई कमिटी गठन गरेको छ । पर्सा जिल्ला अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले राजकिसोर सहनीको अध्यक्षतामा ६६ सदसीय इकाई कमिटी गठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्षमा महिमा खातुन, सचिवमा महेन्द्र साह, सहसचिवमा कुन्दन सहनी, सदस्यहरुमा गान्धी साह, उपेन्द्र यादव, ब्रम्हदेव साह कानु, महराज माझी ,तपी यादव लगायत रहेका छन। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका हजराले तोकिएकै समयमा निर्वाचन हुने भएकोल निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो । यसैगरी संबिधान सभा सदस्य राजकुमार गुप्ताले यस क्षेत्रको बिकाशको लागि आफु चिन्तित रहेको बताउनुभयो । उहाँले यस अघि जितेका सांसदले जनताको मत लिएर बिकाश निर्माणका काम नगरेको आरोप लगाउनुभयो । उहाँले आफनो पहलमा आएको योजनालाई समेत निष्काष्ति सांसद हरी नारायण रौनियारले आफै ल्याएको भ्रम फैलाएको बताउनुभयो । केन्द्रिय सदस्य समेत रहनुभएका नेता गुप्ताले पालिकाहरुमा भ्रष्टाचार बढेकोमा जनतालाई खबरदारी गर्न आग्रह गर्नुभयो । जनताको मतलिएर काम नगर्ने नेताका नेता बिजयी भएका कारण यस भेगको बिकाश नभएका दावी गर्नुभयो । नेता गुप्ताले वर्तमान ओली सरकारलाई आफनै पार्टीका समिती नेताको स्वार्थको कारण पार्टी बिभाजन भएको बताउनुभयो । उहाँले प्रचण्ड नेपालको गुटगत स्वार्थका कारण प्रधानमन्त्री ओलीले बाध्य भएर सदन बिघटन गरेको बताउनुभयो । उहाँले पद र स्वार्थका कारण पार्टी बिभाजन गर्नेहरुलाई जनताले आउने चुनावमा दण्डित गर्ने समेत बताउनुभयो ।उहाँले अब निर्वाचन केन्द्रित कार्यक्रम गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।


कार्यक्रममा केन्द्रिय सदस्य बसरुदिन अंसारी, नेकपा गाँउपालिका अध्यक्ष बासदेव महतो थारु, जिल्ला कमिटी सदस्य ईमरान अंसारी, नेताहरु बिन्ध्याञ्चल ठाकुर,हनिफ मियाँ,यशवन्त यादव,चन्दन सहनी लगायत नेताहरुले धारणा राख्नुभएको थियो ।