

वीरगन्ज, २० पुष : नेपाल कम्युनिष्ट पार्टी पर्सा ओलि समुहको जिल्ला कमिटीको बैठक अध्यक्ष प्रभु हजाराको अध्यक्षतामा आज स्थानीय होटल कुमु प्यालेसमा सम्पन्न भएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख महिनामा संसदीय चुनावको घोषणा गर्नुभएकोले त्यसको परिणाम आफ्नो पक्षमा पार्नको लागि सम्भाब्य सबै उपाएको अवलम्बन गर्ने निर्णय गरेको छ । यसैगरि आजको बैठकले १४ वटै स्थानीय तहमा यसै महिनाको अन्त्य सम्म इलाका स्तरिय भेलाको आयोजना गर्ने र कमिटी निर्माण परिचालन तथा सुदृढीकरणलाई अभियानको रुपमा अघि बढाउने निर्णय समेत गरेको छ । आजको बैठकले पार्टीको गतिबिधिलाई प्रभावकारी बनाउनको लागि बिभिन्न जिम्मेवारी समेत तोकेको कुरा जिल्ला कमिटीका सदस्य अनुप तिवारीले जनाएका छन । बैठकमा जिल्ला कमिटीका अध्यक्ष प्रभु हजराले अव सबैलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइने र कसैमाथि पनि अन्याय हुन नदिइने बताउनुभयो । बैठकका केन्द्रीय सदस्य तथा संबिधान सभाका सदस्य राजकुमार गुप्ताले समृद्ध नेपाल र सुखि नेपालीको सरकारको आकांक्षा पुरा गर्दै निर्बाचनमा पर्साका सबै क्षेत्रमा आफ्नो उम्मेदवारलाई निर्बाचित गर्ने अभियानमा सबै लाग्न निर्देशन दिनुभएको थियो । बैठकका केन्द्रय सदस्यहरु निर्मला देवकोटा, डाक्टर बिश्वम्भार कुमार शर्मा, प्रद्युम्न चौहान, बसुरुद्दिन अन्सारी, बिना शर्मा, प्रदेश सदस्य योगेन्द्र साह, तेजप्रकाश निषाध, जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो । आजै बसेको महानगरका अगूवाहरुको बैठकले महानगरमा पार्टी गतिबिधीलाई अघि बढाउने निर्णय समेत गरेको समाचार प्राप्त हुन आएको छ ।