प्रदेश सभाको लागि पवन तिवारी ,बलिराम साह,प्रहलाद गुप्ता,सुरेश पटेल


पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमाले उम्मेदवारको लागि संविधान सभा सदस्य जयप्रकाश थारू र जगर्नाथपुर गाउपालिकाका पुर्व अध्यक्ष जालिम मियांको नाम सिफारिस भएको छ । आईतवार सम्पन नेकपा एमालेको प्रतिनिधीसभा समन्वय किमटीको बैठकले जयप्रकाश थारू,जालिम मियां र खगेन्द्र श्रेष्ठको नाम सिफारिस गरेको हो । यस्तै बैठकले प्रतिनिधि सभाको समानुपातिक तर्फका उम्मेदवारको रूपमा जिल्ला समन्वय समिती पर्साका पूर्व उपसभापति ठाकुर न्यौपाने ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, मजिद मिया,राजेश लामा, उषादेवी थरूनीको नाम सिफारिस भएको हो । जिराभवानी गाउपालिकाको भवानीपुर मन्दीर प्रागणमा सम्पन क्षेत्रिय बैठकमा नेकपा एमाले पर्साका ईन्चार्ज एवं केन्द्रीय सदस्य प्रभु हजरा,सहईन्चार्ज निर्मला देवकोटा, जिल्ला अध्यक्ष जयप्रकाश थारू ,जिल्ला सचिव मनोज गुप्ता, क्षेत्र अन्तर्गतको ६ वटा पालिकाबाट जिल्ला सदस्य तथा पालिका कमिटीका पदाधिकारी र ३२ वटा वडा कमिटीका अध्यक्षहरूको सहभागिता रहेको थियो । त्यसैगरि क्षेत्र ४ को प्रदेश क को लागि प्रदेश सांसदमा पनि जालिम र जयप्रकाशको नाम सिफारिस भएको हो । दुबै नेतालाई समन्वय गरि सांसद र प्रदेश सांसदमा लडन बैठकले सुझाव प्रस्तुत गरेको हो । सांसदमा टिकट नपाउनेले प्रदेशमा उम्मेद्वार हुन पाउने भएकोले दुबै जनाको नाम सांसद र प्रदेश सभाको लागि सिफारिस गरिएको हो । दुबै नेताले पार्टीको अन्तिम निर्णयलाई मानेर एक अर्कालाई सघाउने बिश्वास व्यक्त गरेका थिए । प्रदेश ४ क मा थारू र मियां संगै ठाकुर न्यौपाने ,लेखमन थापा,र खगेन्द्र श्रेष्ठको पनि नाम सिफारिस भएको हो । यस्तै प्रदेश सभा ४ को ख मा प्रत्यक्ष उम्मेदवारको लागि कालिकामाई गाउपालिका ५ का निवर्तमान वडा अध्यक्ष पवन तिवारी, बलिराम साह,प्रहलाद गुप्ता र सुरेश पटेलको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ शुनिल चौरसिया ,योगेन्द्र साह कानु, लगायतको नाम सिफारिस भएको छ ।