पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ४ निवासी सकृय महिला नेत्री सिमा गुप्ता एमालेमा प्रवेश गरेकी छिन । गुप्ता पछिल्ला डेढ दशक माओवादी संग आबद्ध रहि राजनिती गर्दै आउनु भएको थियो । आईतवार जिराभवानीको भवानीपुरमा सम्पन एमालेको कार्यक्रममा गुप्ताले आफ्नो समर्थक सहित एमालेमा सम्लित हुनु भयो । एमाले पर्साका अध्यक्ष जयप्रकाश थारू,नेता जालिम मियां, पवन तिवारी,उषादेवी थरूनी लगायतकाले गुप्ता टिका माला लगाएर स्वागत गर्नु भयो । गुप्ताका वुवा बासदेव प्रसाद कलवार प्रशुरामको प्रधानपन्च र बहुदल आए पश्चातपनि गाविस अध्यक्ष भएको र उनको स्वर्गवास पछि सिमा राजनितीमा सकृय रहदै आएकी हुन ।