वीरगन्ज । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्सा अब वडा वडामा सक्रिय रूपमा मंसिर ४ गते हुने निर्वाचनका लागि लागेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको हुने निर्वाचनलाई लक्षित गरी वडा वडामा कमिटी गठन तथा परिचालन गरिएको राष्ट्रिय युवा संघ नेपाल पर्साका जिल्ला अध्यक्ष मोहमद निजामले बताए ।
आज राष्ट्रिय युवा संघ नेपाल पर्साले धोविनी गाउँपालिकाको वडा नम्बर ५ धोविनीमा वडा कमिटी गठन गरेको छ । उक्त कमिटीका अध्यक्षमा युशुफ अंसारी , उपाध्यक्षमा सन्तोष ठाकुर , सचिवमा मोसहेब अंसारी चयन भएका छ्न् ।
त्यस्तै पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ६ एकडरवा मा पनि राष्ट्रिय युवा संघ नेपाल पर्साको वडा कमिटी गठन भएको छ । नव गठित कमिटीको अध्यक्षमा अजित प्रसाद यादव , उपाध्यक्षमा मनु यादव , सचिवमा विकास पटेल लगायत १६ सदस्यिय कमिटी गठन गरेको छ ।
छुटा छुट्टै स्थानमा भएको कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले पर्सा जिल्ला सदस्य यस्वन्त यादव , गाउँपालिका कमिटी सचिव चन्दन सहनी निषाद , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला सदस्य अमित यादव , मीरोज आलम लगायतको उपस्थिति रहेको थियो।