वीरगन्ज । नेकपा एमाले नेता नीर गिरीले पनि पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (क) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।एक दशक भन्दा बढि लामो समय देखि राजनीतिमा सकृय राजनीति गर्दे आएका गिरीलाई पार्टीबाट टिकट नपाएपछि प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्बारी दिएका हुन् ।
नेकपा एमाले र जसपा दलहरु बिच भएको चुनावी तालमेलमा पर्साको ३ (क) एमालेकै भागमा परे पनि गिरीलाई टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।सखुवा प्रसौनी गाउँपालिका घर भएका गिरीलाई पार्टीले टिकट नदिएपनि जनताको माग र चाहना अनुसार आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
गिरी स्थानिय तहको चुनावमा नेपाली कांग्रेस पार्टीबाट वडा सदस्यमा निर्वाचित भएका थिए । पार्टीको गतिविधि ठीक नलागे पछि उहाँले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेबाट प्रदेश सभा सदस्यका निर्वाचन लडनका लागि नेकपा एमाले प्रबेश गरेका थिए तर नेकपा एमालेले टिकट नदिए पछि गिरीले स्वतन्त्र उम्मेद्वारी दिएका छन् भने उक्त क्षेत्रमा नेकपा एमाले र जसपाका गठबन्धनको तर्फबाट मंजूर अंसारी मनोनयन दर्ता गराएका छन् । मंजूर अंसारी उक्त क्षेत्रको वर्तमान प्रदेश सभा सदस्य पनि हुन् । उनी जसपाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए र हाल सालै नेकपा एमाले प्रबेश गर्नु भएको थियो।