वीरगन्ज । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद साह कानुले चुनाव जित्ने दाबी गरेका छन् ।
आईतबार चुनावी कार्यक्रममा बोल्दै कानुले जनताको सहयोगमा बहालवाला भ्रष्टचारीलाई पराजित गर्ने बताए । उनले विभिन्न भ्रष्टाचार मुछिएका नेरहरुलाई यसपालि हराउनै पर्ने बताए । उनले देशभर स्वतन्त्र उम्मेदवारहरूको लहर चलेकोले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
आज उहाँले धोविनी जगनाथपुरमा घरदैलो कार्यक्रम गर्नु भएको छ । मतदाताहरु संग कुरा गर्दै उहाँले अशिक्षा , अत्याचार , अहिंसा हटाउनका लागि लाल टेन छापमा मतदान गर्न आग्रह गर्नु भएको छ।