

वीरगञ्ज, १७ माघ : नेपाल कम्युनिष्ट पार्टी ओली समुहको वीरगञ्ज नगर ईलाका भेला आज वीरगञ्जमा सम्पन्न भएको छ । नेकपा जिल्ला सदस्य एवं दलित अगुवा मेघराज पासवानको अध्यक्षतामा भेला सम्पन्न भएको हो । नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा केन्द्रिय सदस्य बसरुदिन अन्सारी, निर्मला देवकोटा, डा. विश्वम्बर शर्मा, बिना शर्मा, जिल्ला कमिटी सदस्य ताजुदिन अंसारी, मानदेव हजरा, मुस्ताक अंसारी, नेता सुन्दर कुर्मी, ओविसी पर्सा अध्यक्ष अकलेश साह, रञ्जु फुयाँल, राजन साह, प्रमोद महतो लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । बैठकलाई सम्बोधन गर्दै वक्ताहरुले माघ २३ गते काठमाडौंमा हुने जनप्रर्दशन सफल बनाउने निर्णय गरेको छ । यसैगरी सोही बैठकमा नेकपा युवा नेता महमुद अन्सारीको पहलमा ५६ जनाले बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । श्रीपुर बिद्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर ११, १२, १३, १४, १५ र २३ वडाका कार्यकर्ताहरुको उपस्थिती रहेको जिल्ला अध्यक्ष प्रभु हजराले बताउनुभयो । कार्यक्रमको सहजीकरण जलेआलम अन्सारीले गरेका थिए । यसैगरी जिल्ला अध्यक्ष प्रभु हजारले आजै परवानीपुरमा पनि नेकपा ओली समुहको ईलाका भेला सम्पन्न भएको बताउनुभयो ।