वीरगंज,माघ १८
साउथ जोन मावि वीरगंज–१३ राधेमाईमा आयोजित रक्तदान कार्यक्रममा ७ जना महिलासहित ३१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झाले बताए । विद्यालयको वार्षिकोत्सवमा आयोजित कार्यक्रमको प्रधानाध्यापक सरोज चौधरीले रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा सुनीता गुप्ता, रचना अधिकारी, सीता कुमारी, लक्ष्मी चौधरी, उषा चौधरी, रन्जु चौधरी, दिप्ती प्रधान, प्रशान्त पौडेल, मुकेश यादव, हितेश राणा थापा, धीरज घिमिरेलगायतले रक्तदान गरेको प्राविधिक झाले बताए ।