वीरगंज, माघ १८
केन्द्र सरकारको सशक्त अनुदानमा निर्माण हुन लागेको जनता आवास भवनको आज वीरगंज वडा नम्बर ३१ लक्ष्मीपुरमा शिलान्यास गरिएको छ । प्रदेश जनता आवास कार्यक्रम अन्र्तगत बिघटित प्रतिनिधि सभा सदस्य प्रदिप यादव र प्रदेश सभा सदस्य जन्नत अंसारीले संयुक्त रुपमा २८ मुसहर समुदायको घर निर्माणको शिलान्यास गर्नुभएको हो । २२ फिट लामो र १५ फिट चौडा घर निर्माणको लागि नेपाल सरकारले प्रत्येक घरलाई तिन लाख ५० हजार बजेट छुट्याएको शहरी बिकाश तथा डिभिजन कार्यालय पर्साका निमित प्रमुख राजेन्द्र साहले बताउनुभयो । डेढ देखि दुई महिना भित्र घर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको साहले बताउनुभयो । शिलान्यास कार्यक्रममा जसपा पर्साका अध्यक्ष रामनरेश यादव,सचिव तबरेज अहमद लगायतको उपस्थिती रहेको थियो ।