नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल तर्फबाट पर्सा क्षेत्र नम्बर ३ का साझा प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ता जनताको मनमा बस्न सफल भएको क्षेत्र नं ३ का नेता तथा मतदाताहरुले बताएका छन । क्षेत्र नं ३ अन्र्तगत पर्ने विभिन्न टोलका मतदातासँग भेटघाटमा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेता गुप्ता व्यस्त छन् । जनताको घरदैलोमा पुग्ने र जनताका समस्या सुन्ने कार्यलाई चाडबाडको समयमा पनि गुप्ताले निरन्तरता दिएका छन् ।
चुनावी घरदैलोको क्रममा क्षेत्र नं ३ पोखरीया नगरपालिका वडा नं ९ को बैरिया बिरतामा जनताको घर आँगनमा पुग्दा निर्वाचन अघि नै जनताले नेता गुप्तालाई टिका लगाई जीत निश्चित भएको प्रतिक्रिया दिने गरेको उनीहरुले बताएका छन् । आज उनले वडा नं ९ को टोल बैरिया बिरता , सेम्बारी , बर्वा लगायतका टोलहरुमा गई मतदाताहरुलाई छठ पर्व शुभकामना दिंदै आफ्नो घरदैलो कार्यक्रम गरेका हुन ।
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य (क)का उम्मेदवार मंजूर अंसारी , जिल्ला कमिटी उपसचिव संजिव मिश्रा, क्षेत्रिय निर्वाचन संयोजक शिव पटेल , राष्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष मोहमद निजाम, नेता हनिफ अंसारी , बिधालचल ठाकुर , पारस ठाकुर , कृष्णा कुशवाहा , कौशल किशोर , रवि गुप्ता लगायतको उपस्थिति रहेको थियो।