

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार जालिम मिया घरदैलोमा तिब्रता लाएका छन। बुधबार पकहाँमैनपुरको वडा नं ५ सबैठव,लक्ष्मीपुर,पोखरीया लगायतको टोलमा घरदैलो कार्यक्रम सम्पन भएको छ। घरदैलो कार्यक्रममा आफु प्रति जनताको आत्मियता, सदभाव तथा उत्साह जनक सहभागिताले निकै खुसी लागेको बताए।उनले नेपाली कांग्रेस जनतालाई अनावश्यक विवादमा फसाई धाकधम्कीबाट काम निकालने एउटा शासकको रुपमा रहेको पार्टी बताए। प्रदेश कमिटी सदस्य समेत रहेका मिया नेपाली काङ्ग्रेस एउटा षडयन्त्रकारीको भुमिका खेलि देशलाई धरासायी गर्ने कार्यमा लागेको आरोप समेत लगाए।उनले नेकपा एमाले शासक होईन जनताको सेवक हो तपाईहरु बुझनुस।हिजो पनि जनताको लागि एमाले थियो। आज पनि हुन्छ। त्यसैले आउदों मंसिर ४गतेको निर्वाचनमा सुर्यमा मतदान गरि देशलाई बिकास मुखिमा परिवर्तन गर्न आग्रह समेत गरे। घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार सिंहासन कालवार नेकपा एमालेका नेता बिजय चौरसिया, रामबाबु प्र चौरसिया,रामेशवर प्र चौरसिया, अनवर आलम, जोगेन्द्र चौरसिया लगायतका स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।