वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी एमालेको पर्सा क्षेत्र नं ३ को पोखरीया नगरपालिकामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ता र प्रदेश सभा सदस्य उम्मेदवार मंजूर अंसारी सहितको नेता तथा कार्यकर्ताहरुले पोखरीया नगरपालिकाको वडा नं ४ पोखरीया बजार , वडा नं ५ सत्वरिया र वडा नं २ को लमारिया , डमरिया , झकरामा घरदैलो गरेका हुन ।
घरदैलो कार्यक्रम बृद्धबृद्धा तथा महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो । घरदैलो कार्यक्रम क्रममा आम मतदाताहरुले ४ चोटी जिताई मन्त्री समेत बनाएका सांसदले केही नगरेकोले उनको विकल्प स्वरूप हामीले नेकपा एमाले लाई नै मतदान गर्नेछौ भने प्रतिवद्धता जनाएका छन् ।
घरदैलो कार्यक्रम प्रदेश कमिटी सदस्य एवंम पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमण चौहान , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष महमद निजाम , नेता सुनिल कुशवाहा , रवि गुप्ता , विधाचल ठाकुर , कृष्णा कुशवाहा लगायतको उपस्थिति रहेको थियो।