वीरगञ्ज, २४ माघ : नेपाली काँग्र्रेसका पूर्वअर्थमन्त्री डा.रामशरण महतले अहिले राजनीतिक सामाजिक आर्थिक स्वास्थ्य लगायतको अवस्था धेरै नाजुक भएको बताए । वीरगञ्जको घण्टाघरमा आयोजित विरोध सभामा प्रधानमन्त्री केपी शर्मा ओली संविधान विपरीत कदम चालेको भन्दै काँग्र्रेसले विरोध जनाउँदै आएको बताए उनले भने अहिले नेपाली काँग्र्रेस ताजा जनादेशमा बहुमत ल्याउने बिस्वास छ, तर राष्ट्र र राष्ट्रियता जोगाउन सधैं नेपाली काँग्र्रेस अहिले आन्दोलनमा आएकोे डाक्टर महतले बताए । उनले भने वर्तमान प्रधानमन्त्री ओलि निति र बिधान पर्दती बिर्सेर बहुमतको कम्युनिस्ट सरकारले लोकतन्त्र गणतन्त्र संविधान रक्षाका लागि आन्दोलन गर्न जरुरी रहेको बताएका छन् ।


कानुनी पालक आफै संबैधानि नियुक्तिमा साक्षी बन्न गलत भएको डा. महतको आपत्ति रहेको छ । नेपाली जनताहरुले कम्युनिस्ट सरकारलाई भोट दिएर अहिले पश्चतामा परेको बताउदै अब फेरि नेपाली काङ्ग्रेसलाई बहुमत मत दिएर सरकार निर्माणका लागि सहयोग गर्न अपिल समेत गरेका छन् । कम्युनिस्ट सरकार भ्रष्टाचार बलात्कार र प्रेस स्वतन्त्रता माथि समेत अंकुश लगाउने काम गरेको आरोप लगाए । नेपाली काँग्र्रेसको भातृ संगठन ट्रेड युनियन पर्साको आयोजनामा सो विरोध सभा सम्पन्न भएको थियो ।
विरोध सभामा नेपाली काँग्रेस जिल्ला सभापति अजय द्विवेदी, अनिल रुगंटा, ओमप्रकाश शर्मा, रमेश रिजाल, छिपहरमाई गाउँपालिका शिक्षक महासंघका अध्यक्ष गगन देव यादव, दिनेश कुर्मी कोपिला चौरासीया, राजेन्द्र बहादुर आमात्य लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो । विरोध ल्याली घण्टाघरबाट शुरु गरी नगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो । ट्रेड युनियनका अध्यक्ष छोटेलाल यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।