आनंद पटेल


बारा । बारा क्षेत्र नम्वर ३ (ख) का जनमत पार्टीका उम्मेद्वार सन्तोष पटेलले बिहिबार कलैयाको विभिन्न वडाहरुमा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । उनको घरदैलोमा स्थानीय मतदाताले विगतमा परिक्षण भइसकेकाहरुबाट आफूहरुको क्षेत्र विकास हुन नसकेको भन्दै अब जनमत पार्टीला नै मतदान गरेर विजयी गराउने प्रतिबद्धता जनाएका छन् । घरदैलोमा पुगेका नेता पटेललाई मतदाताले फुलमाला लगाएर स्वागत गर्दै आफ्ना समस्याहरु पनि सुनाएका थिए । जवाफमा पटेलले आफूले यस क्षेत्रको विकास र यहाँका नागरिकको जनजीविकाका लागि दृढ संकल्प लिएर हिँडेको भन्दै आफूले गरेको प्रतिबद्धता पूरा गर्न निरन्तर लागि पर्ने बताए । अहिले देशले नै परिवर्तन खोजिरहेको भन्दै उनले त्यसका लागि जनमत पार्टीका उम्मेद्वारलाई जिताएर पठाउनु आवश्यक रहेको बताए । उनले जन्ताले ठुला पार्टीहरुलाई धेरैचोटी अवसर दिएर दु.ख पाईसकेको हुनाले अब जन्ताको एकमात्र विश्वासिलो पार्टी जनमत पार्टी भएकोले आफनो जीत समपूर्ण जन्ताको जीत हुने बताए । घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्नीय उपस्थिती रहेको थियो । त्यस क्षेत्रमा नेता पटेलको लोकप्रियता दिनप्रतिदिन बढदै गएको छ ।