वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) मा स्वतन्त्रबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार सुधीर पटेल प्रति जनताको आकर्षण बढ्दै गएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्वर ३१ को चोर्नी र परसवामा घरदैलोका क्रममा पटेल प्रति देखाएको स्वागत सद्भावले उनीप्रतिको लोकप्रियता बढ्दै गएको देखिएको हो । घरदैलोका क्रममा पटेलले अहिले देशले नै परिवर्तन खोजिरहेका कारण आफू त्यो परिवर्तन बनेर जनता माझ अगाडि आएको बताए । उनले यसअघि निर्वाचित प्रतिनिधिहरुले जनतासँग मत लिएर गएपनि जनताको काम नगरेको आरोप लगाउँदै उनले आफू त्यस्तो नगर्ने दावी गर्दै परिवर्तनका लागि रिक्सा छापमा मतदान गर्न आग्रह गरे ।