वीरगन्ज । पर्सा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले आज पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुर , महुवन , एकडरवामा घरदैलो कार्यक्रम गरेका छन् ।
पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ टोलहरुमा घरदैलो कार्यक्रम गर्दै देशको विकास र समृद्धि नेकपा एमालेले मात्र गर्ने भएकोले अब हुने निर्वाचनमा नेकपा एमालेको सूर्य छापमा मतदान गर्न उम्मेदवार गुप्ताले आग्रह गरेका हुन् ।
उम्मेदवार गुप्तालाई जिताउन वडा नं ६ का युवा देखि बृद्धसम्म घरदैलो कार्यक्रममा सयौंको संख्यामा सक्रिय भएर पुगेका हुन । घरदैलो कार्यक्रम कार्यकर्ताहरुले यो सत्ता गठबन्धनको प्रमादेशी सरकार हटाई भ्रस्टचार मुक्त देश बनाउन नेकपा एमालेमा मतदान गर्न आग्रह गरेका हुन् ।
उक्त कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव , राष्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष मोहमद निजाम , नेता सुनिल कुशवाहा , रवि गुप्ता , कृष्ण कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।