जनकपुरधाम । मधेश प्रदेशका सभामुखका लागि सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका प्रदेश सभा सदस्य रामचन्द्र मण्डल उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता साझेदार दलहरुबीच बनेको सहमति अनुसार सांसद मण्डलले प्रदेशसभा सचिवालय पुगेर सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता साझेदार दलहरुबीच उपसभामुख जनमत पार्टीलाई दिने सहमति बनेको छ । उपसभामुखमा जनमतले बबिता राउत ईसरको उम्मेदवारी दर्ता गराउने बुझिएको छ ।
नेपाली कांग्रेसका पनि सभामुखमा जंगीलाल राय यादवले उम्मेदवारी दिने बुझिएको छ ।