वीरगञ्ज, २६ फागुन : पर्सागढी नगरपालिका वडा नं. ३ बडनिहारमा महिलाहरुको लागि कुशन तथा गुडिया बनाउने तालिमको आज एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ । पर्सागढी नगरपालिकाको आर्थिक सहयोग र समाज बिकास समन्वय समिती पर्साको आयोजनामा २५ जना महिलाहरुको लागि १० दिने तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी उपप्रमुख अर्चना चौधरीले गरेकि छिन । प्रमुख अतिथि चौधरीले उद्घाटन गर्दै महिला हरुको लागी आत्मनिर्भर बन्नको लागि शिपमुलक तालिमले सहयोग पुर्याउने र शिप सिकि ब्यवहारमा उतार्न उनले सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमको स्वागत मन्तब्य देबेन्द्र चौधरीले गरेका थिए भने सहजीकरण गमनारायण चौधरीले गरेका थियो ।