वीरगञ्ज, २ चैत : छात्राहरु सँग दुव्र्यवहार गरिएको आरोपमा नेपाल रेलवे मावि, गोश्वारा रोडका प्रधानाध्यापक दिनेश चौरसिया माथि कारबाई शुरु भएको छ । प्रअ चौरसियाले विद्यालयमा अध्ययनरत छात्राहरु सग अश्लील व्यवहार गरेको आरोप छ । हालै एक कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगी संग छात्रा, अभिभावकले प्रअ चौरसियाले दुव्र्यवहार गरेको मौखिक गुनासो गरेका थिए । नगरप्रमुख सरावगीले प्रअ चौरसियालाई वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा तानेका छन् । प्रअको जिम्मेवारीबाट चौरसियालाई वञ्चित गरिएको शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए । उनले उजूरीपछि निजमाथि कारबाई भएको पुष्टि गरेका छन् । तर आरोपी प्रअ चौरसियाले आपूmले छात्रासँग दुव्र्यवहार नगरेको र सो सम्बन्धमा कार्यवाही नभएको बताएका छन् ।