वीरगञ्ज, २ चैत : थारु कल्याणकारणी सभा पर्साका अध्यक्ष स्व.हेमनारायण चौधरीको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पटेर्वा सुगौली गाँउपलिकाका अध्यक्ष हरिनारायण चौधरीका बुवा समेत रहनुभएका स्व. थारुको १३ आंैं दिनको पुण्य तिथीमा आज वहाको निवास देवरीयामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । थारु कल्याणकारिणी सभा पर्साका कार्यावाहक अध्यक्ष ठाकुर महतोकोे अध्यक्षता एवं थारु कल्याणकारिणाीका केन्द्रिय उपाध्यक्ष बिष्णु कुमारी चौधरीको बिशेष उपस्थिती श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । कार्यक्रममा संबिधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारु, प्रधुमन्न चौहान,नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेस पर्साका पुर्व सभापति एवं पुर्वमन्त्री सुरेन्द्र चौधरी, लगायतकाले स्व. चौधरीको जिवनीको बारे चर्चा गर्नुभएको थियो । वक्ताहरुले स्व. चौधरीको निधनले पर्साले एक कुशल समाजसेवी गुमाएको बताएका थिए । कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव, उपमेयर अर्चना चैधरी,पटेर्वासुगौलीका उपप्रमुख ममतो, थारु कल्याणकारणीको केन्द्रिय पार्सद नन्दकिसोर पंजियार, वृजमोहन चौधरी लगायतको उपस्थिती रहेको थियो ।