वीरगंज,फागुन ८
पर्साको पकाहामैनपुर गाँउपालिका वडा नम्बर १ धोरे नाकाबाट प्रहरीले धान बोक्ने ट्याक्टर नियन्त्रणमा लिएको छ । गएराती धोरे प्रहरी चौकीले नाकाबाट बोरा सहित ट्याक्टर नियन्त्रणमा लिएपनि चालक गुडु यादवलाई राती नै छोडेको स्थानियले बताएका छन । अवैध तरिकाले सिमावर्ती क्षेत्रबाट धान बोक्ने ट्याक्टरलाई छोडाउन स्थानिय राजनितिक दलका नेताहरु सक्रिय भएको र रकमको चलखेल समेत भईरहेको नाम न बताउने सर्तमा एक स्थानियले बताएका छन् । यता धोरे प्रहरीका चौकीका असई जिवच्छ कुमार शर्माले शंकाको भरमा ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिनुभयो । नियन्त्रण गरिएको ट्याक्टरबारे अनुसन्धान भईरहेको र प्रक्रिया पुरा गरेर मात्र ट्याक्टर छोडिने जानकारी दिनुभयो ।