वीरगंज,चैत्र ९
नेपाल राष्टिय माध्यमिक बिद्यालय गर्दौल बिन्दवासनी गाँउपालिका २ को २ कोठे भवन शिलान्यास भएको छ । हिजो कार्यक्रम आयोजना गरी वडा अध्यक्ष संजय चौहानले भवन शिलान्यास गरेका हुन । संघिय सरकार शिक्षा बिभागबाट प्राप्त अनुदान सहयोग २३ लाख रुपैयाबाट शौचालय सहित पक्की भवन निर्माण हुने वडा अध्यक्ष चौहानले जानकारी दिनुभयो । शौचालय निर्माणको लागि सात लाख र भवन निर्माणको लागि १६ लाख खर्च हुने वडा अध्यक्ष चौहानले बताए । उपभोक्त समितीका अध्यक्ष शेषनाथ सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सागिर मियाँ,वडा नम्बर २ का वडा सचिव धिरेन्द्र किसोर क्षेत्रि,नागरिक अगुवा गौरीशंकर साह ,पालिका सदस्य जोखनी देवी ,गम्भिरा साह लागायतको उपस्थिती रहेको थियो ।