वीरगंज, चैत्र १०
शिक्षाको लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समितीको आयोजना र समाजिक संस्था जिल्ला समन्वय समित पर्साको सहयोगमा निशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ बारे अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनसी नेपालका संयोजक रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा एनजिओसिसिका अध्यक्ष ईब्राहिम देवान,उपाध्यक्ष रामाकान्त प्रसाद कुर्मी, महासचिव रामप्रवेश साह, कोषाध्यक्ष बिनोद प्रसाद यादव, सचिव निर्मला भट्टराई लगायत युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एनजिओसिसिका सल्लाहकार वृजकिसोर पटेल, ईब्राहिम देवान र रामनरेश यादवले कार्यक्रमबारे चर्चा गर्नुभएको थियो ।