वीरगंज, साउन ३१ । जनपक्षिय माग उठाउँदा पर्सा प्रहरीले बिगत ३ दिनदेखि नेविसंघ पर्साका अध्यक्ष बिकास तिवारीलाई थुनेको घटनाप्रति खेद प्रकट गर्दै तिवारीको तत्काल रिहाईको माग गरिएको छ ।
नेपाली कांग्रेस पर्साका उपसभापति राजु कुमार गुप्ता, कोषाध्यक्ष ईम्तीयाज आलम, जिल्ला सदस्य महम्म्द सहाबुद्दिन, शैलेन्द्र यादव, श्रीकृष्ण चौहान, नबिन सिंह, प्रेम बहादुर थापा, राम बहादुर श्रेष्ठ, महापति देवी, राजेश्वर प्रसाद यादव क्षेत्रिय सभापति रमेश पाण्डे, गम्भिरा साह लगायतले आज संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै तत्काल तिवारीको रिहाईको माग गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेस पर्साले कोरोना माहामारीको कारण वीरगंज प्रभाबित भएको बेला त्यसको विरोधमा नेविसंघले गरेको प्रर्दशनको क्रममा विद्यार्थी नेतालाई पक्राउ गर्नु नाजायज भएको बताउँदै तत्काल रिहा गर्न माग गरेको छ ।
त्यसैगरी विज्ञप्तीमा अहिले कोरोना महामारी नियन्त्रणकालागि अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक र सुरक्षाकर्मीको भुमिका सराहनीय भएको उल्लेख गरिएको छ ।