बैसाख २९ । वीरगञ्ज महानगरपालिका वडा नं.३२ परसवामा रहेको राप्रपाको ईकाई अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले सुनिल राय भरको अध्यक्षतामा ४३ सदसीय वडा समिति चयन गरेको छ ।
उपाध्यक्षहरुमा छोटेलाल पटेल, गिता बंजारा, पासाङ लामा, ओजिर अंसारी कमला साह, सचिवमा रबि पटेल, सह सचिव प्राण माझी, कोषध्यक्षमा नारायण त्रिपाठी रहेका छन भने सदस्यहरुमा बिरेन्द्र पास्वान,प्रदिप पटेल, रोशन साह, पवन कुमार नटलगायत रहेका छन ।
स्थानिय नेता प्रकाश मल्लाको अध्यक्षतामा भएको अधिवेशनमा प्रदेश कोषध्यक्ष जगरनाथ प्रसाद कुर्मी, नगर अध्यक्ष रामेश्वर यादव, जिल्ला सचिव पटेल युवा केन्द्रीय सदस्य अनिल कुशवाहा जिल्ला सदस्य परमानन्द साह कानु लगायतको सहभागीता सम्पन्न भएको पाटी प्रवक्ता मनोज कुमार मिश्रले जानकारी दिनु भयो ।