वीरगन्ज ३० असोज : नेपाल कम्युनिष्ट पार्टी ठोरी र जिराभवानी गाँउपालिकाको शपथ ग्रहण आज संयुक्त रुपमा सम्पन्न भएको छ । नेकपा केन्द्रिय सदस्य एवं कार्यक्रममा प्रमुख अतिथी निर्मला देवकोटाले पदधिकारीलाई शपथ ग्रहण गराउनुभएको थियो । ठोरीमा आयोजित कार्यक्रममा नेकपा पर्सा अध्यक्ष प्रभु हजरा,संबिधान सभा सदस्य राजकुमार गुप्ता, प्रधुम्न चौहान, जयप्रकाश थारु, जुनैद अंसारी, नेताहरु विश्मभर शर्मा, ठाकुर न्यौपाने, बाबुराम कौशिक, जालिम मियाँ, रामबाबु बैठा, रामप्रित महतो, लेखमान थापा, बालकृष्ण श्रेष्ठ, अमिताप बच्चन दास, उषा चौधरी, श्याम बन्जारा, प्रताप श्रेष्ठ, लालबहादुर श्रेष्ठ, अनुप तिवारी, केसी लामिछानेलगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ठोरी र जिराभवानी गाँउपालिकाको हजारौ स्थानियहरुको सहभागिता रहेको थियो ।