काठमाडौं । सत्ता गठबन्धन उपसभामुख रानाविरूद्ध महाभियोग लगाउने भएको छ ।
हिजो बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै महाभियोगको प्रस्ताव गरेका हुन् ।
बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले हिजोको बैठकमा उपसभामुखको आचारणमा प्रश्न उठाउँदै महाभियोगको प्रस्ताव गर्नुभएको थियो । हिजोको बैठकमा भोलिसम्ममा टुंग्याउने भन्ने भएको थियो । उहाँहरूले आजै दर्ता गर्नपनि सक्नुहुन्छ ।’
दुई ठूला दलले महाभियोग दर्ता गरे साना दलहरुको समर्थन रहने हिजोको बैठकमा नेताहरूले बताएको ती नेताले सुनाए ।
उपसभामुख इन्दिरा रानाले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको छ । पत्रमा उनले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेकी छन् ।
उपसभामुखलाई हटाउँदा संवैधानिक परिषद्मा पनि गठबन्धनलाई कम्फर्टेबल हुनेछ ।