वीरगंज । नेकपा एमाले पार्टीका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला कमिटीको अधिवेशन स्थगित भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला कमिटीको अधिवेशन आउँदो शनिबार गर्ने निर्णय भएको थियो । तर आज एक विज्ञप्ति जारी गर्दै जिल्ला इन्चार्ज रबि गुप्ता र संयोजक सुबास साहले अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको बताएका छन् ।
विशेष कारण बस स्थगित गरिएको र पुन अर्को सूचना मार्फत जानकारी गराइने जिल्ला इन्चार्ज गुप्ताले बताए ।