पर्सा / पर्साको बहुदरमाई नगरपालिकामा राष्ट्रिय युवा संघको दोश्रो नगर अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले राजन कुमारको अध्यक्षतामा ३५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल बहुदरमाई नगरको कमिटी गठन गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल बहुदरमाई नगरपालिका कमिटिको दोश्रो अधिवेशनमा स्वागत मन्तब्य राख्दै राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज रवि गुप्ताले युवाहरु अबको निर्वाचनमा होमिनु पर्ने तथा निर्वाचन जिताउन युवाहरूको अहम भुमिका हुने बताए । राष्ट्रिय युवा संघ नेपाल बिना बर्दिको सिपाही भएको साथै युवाहरूले एउटा राम्रो सन्देश बोकेर गाउँ जान आग्रह गरे ।
त्यस्तै शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अथिति एवं नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य शिव पटेलले युवाहरू भनेको नेकपा एमालेको मेरुदण्ड नै भएको बताए । ८४ को निर्वाचन हुदाँ पार्टी कमिटी सङ्गै नगरपालिकाको सबै जन सङ्गठनहरु हिड्नको लागि आवहान गरे । पटेलले हामी नेकपा एमाले उग्र भएर हैन संयम् र धैर्य भएर जनताको माझमा जान पनि आग्रह गरे । पार्टीले जसलाई टिकट दिएपनि जनतासङ्ग गएर सात सुर्य सात छाप भनेर जनता सामु जान पटेलले आग्रह समेत गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंह , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष सुवास साह , उपाध्यक्ष दीपक पटेल , सचिव राकेश महतो , सचिवालय सदस्य सुजित गिरी , शाहीद अन्सारी लगायत उपस्थिति रहेको थियो ।