बिरगंज । पर्सा जिल्लाको बिन्दबासिनी गाऊपालिकाका सम्पूर्ण सामुदायिक , संस्थागत र धार्मिक बिधालयहरु बन्द हने भएका छन ।गाऊपालिका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले एक बिज्ञप्ति जारी गर्दै सम्पूर्ण बिधालयहरु बन्द गर्न निर्देशन दिएका छन ।
हाल बढदै गईरहेको शीतलहर तथा चिसोका कारण बिधालयमा अध्यनरत बाल बालिकाहरुमा प्रत्यक्ष रुपमा प्रभाभित हुने हुनाले उक्त जोखिमलाई मध्य नजर गर्दै गाऊपालिकाका सम्पूर्ण सामुदायिक , संस्थागत र धार्मिक बिधालयहरु मिती २०७६।९।२६ गते देखी ९।३० गते शुक्रबार सम्मका लागी बन्द गरिएको छ ।
साथै कोरोना भाइरसको जोखिम बढेपछि १५ माघसम्म देशभरका विद्यालय बन्द हुने भएको छ । विद्यालयका बालबालिकामा कोरोना भाइरस फैलिएको तथ्यका आधारमा सरकारले बन्द गर्ने निर्णय लिएको हो ।आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय बन्दको आग्रह गरेको छ । त्यसलाई मध्यनजर गरी विद्यालयहरु बन्द हुन लागेको हो ।हिउँदे बिदालाई समेत मध्यनजर गरी १५ माघसम्म बिदा लम्ब्याउने गरी विद्यालयहरुले तयारी गरिसकेका छन् । कतिपय विद्यालय बन्द अवस्थामै छन् ।