वीरगन्ज २७ मंसिर : बिन्दवासिनी गाउँपालिका सामुदायिक बिधालयहरु संचालन गर्ने सम्बन्धमा हिजो छलफल भएको छ । विद्यालय खोल्ने सम्बन्धमा यस अघि गाउँ शिक्षा समितीले गरेको निर्णय कार्यन्वयन गर्न हिजो सम्बन्धीत तथा सरोकारवला पक्षको बैठक बसेको हो । सम्पन्न बैठकले यही मंसिर २८ गते आईतवारबाट पहिलो चरणमा कक्षा ८, ९ र १० को पठन पाठन संचालन गर्ने निर्णय गरेको छ ।
बैठकमा गाउँपालिका अध्यक्ष श्रीलाल साह मोदि, प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियार, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, शिक्षक महासंघ विन्देवासीनीका अध्यक्ष धर्मेन्द्र चौबे, सह–अध्यक्ष मुकलेश गदि, पालिकास्थित सामुदायिक बिधालायका प्रधानाध्यापकहरुको सहभागिता थियो ।