नेकपा (एमाले)ले स्थानीय तहमा आफ्ना उम्मेदवारहरुलाई जिताउन घरदैलो अभियानलाई तिव्रता दिएको छ । यसैक्रममा पोखरिया नगरपालिका वडा नं ९ बैरिया र बर्वा टोलमा बिहीबार घरदैलो कार्यक्रम सम्पन गरेको छ ।
घर दैलो कार्यक्रममा नगरप्रमुखका उमेदवार प्रदुमन चौहान,उपप्रमुख का उमेदवार रुबि ठाकुर,वडाध्यक्षका उमेदवार रामेश्वर चौहान, महिला सदस्य पदका उम्मेदवार ज्योती मिश्रा,दलित सदस्य पदका उम्मेदवार शन्ती देबि चमैन सदस्य पदका उम्मेदवार र्मेघराज साह कानु र गोरख साह तेलि तथा पार्टी कार्यकर्तासहितको टोलीले घरदैलो कार्यक्रम गरी मत मागेका छन् ।
घरदैलो कार्यक्रममा स्थानीयले एमालेका उम्मेदवारलाई बधाई र शुभकामना दिएका थिए । नगरप्रमुखका उम्मेदवार चौहानले आफूले चुनाव जितेर ५ वर्षमा शिक्षा ,स्वास्थ्यदेखि हरेक क्षेत्रमा काम गर्ने र स्थानीय आवश्यकता अनुसार स्थानीयको भावना अनुरुप आफूले काम गर्ने बताए । जनताको सेवकको रुपमा आफूले काम गर्ने बताउँदै हरेक क्षेत्रको समस्या समाधान गर्नका लागि सहयोग गर्ने बताए ।
घरदैलो कार्यक्रममा स्थानीय नागरिकसँग भेटघाटका साथै स्थानीयहरुको सुझाव समेत संकलन गरिएको एमालेका नगर अध्यक्ष बिन्धाचल ठाकुरले जानकारी दिए । बिहीबार भएको घरदैलो कार्यक्रममा एमाले जिल्ला कमिटी उपसचिव संजीव मिश्रा,नगर कमिटी सचिव संतोष गिरिले पालिकाको समग्र विकास र समृद्धिका लागि एमालेलाई मत दिन आग्रह गरेका छन् ।